२०८३, आश्विन २० गते

images
  • स्थानीय
  • बालेनको राजीनामासँगै उपप्रमुखले बोलाईन महानगरको बोर्ड...

बालेनको राजीनामासँगै उपप्रमुखले बोलाईन महानगरको बोर्ड बैठक

बालेनको राजीनामासँगै उपप्रमुखले बोलाईन महानगरको बोर्ड बैठक

आइतवार, माघ ४ २०८२०४:५१
आइतवार, माघ ४ २०८२०४:५१
  • images

    काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएसँगै बोर्ड बैठक बस्ने भएको छ। आइतबार अपराह्न साढे ४ बजे काठमाडौं प्लाजास्थित महानगरपालिकाको कार्यालयमा बोर्डको बैठक बस्ने भएको हो।

    राजीनामा दिएका बालेनलाई महानगरले धन्यवाद तथा बिदाइ गर्ने तयारी छ। उनको राजीनामासँगै सुनिता डंगोल काठमाडौं महानगरकी कार्यवाहक मेयर भएकी छन्।

    शाहले मेयर पदबाट राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चःमतिस्थित कार्यालय पुगेका थिए। त्यहाँ पुगेर वरिष्ठ नेताको रूपमा उनले पदभार सम्हालेका थिए। पदभार सम्हालेको केहीबेरमै उनी त्यहाँबाट निस्किएका हुन्।

    बालेन शाह र रास्वपा सभापति रवि लामिछाने आजै जनकपुरधाम जाने तयारी छ। त्यहाँबाट सोमबार चुनावी अभियानको सुरूवात गर्न लागेका छन्।

    बालेनको राजीनामा लगतै काठमाडौँ महानगरको कार्यबहाक प्रमुखको जिम्मा डंगोललाई बालेनको राजीनामा लगतै काठमाडौँ महानगरको कार्यबहाक प्रमुखको जिम्मा डंगोललाई

    उपप्रमुखलाई सम्बोधन गरेर बालेनले दिए राजीनामा उपप्रमुखलाई सम्बोधन गरेर बालेनले दिए राजीनामा

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend