२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • रास्वपा नेताको रूपमा पहिलोपटक सार्वजनिक मञ्चमा...

रास्वपा नेताको रूपमा पहिलोपटक सार्वजनिक मञ्चमा उभिँदै बालेन

रास्वपा नेताको रूपमा पहिलोपटक सार्वजनिक मञ्चमा उभिँदै बालेन

सोमवार, माघ ५ २०८२०८:३९
सोमवार, माघ ५ २०८२०८:३९
  • images

    जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज जनकपुरधामबाट औपचारिक रूपमा चुनावी अभियानको घोषणा गर्दैछ। ‘परिवर्तन उद्घोषसभा’ नाम दिइएको यस सभाबाट वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पहिलोपटक रास्वपाका नेताको रूपमा सार्वजनिक मञ्चमा उभिन लागेका छन्।

    सभाका लागि रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनलगायत नेताहरू आइतबार नै धनुषा पुगेका थिए। काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि मिडियाबाट टाढा रहँदै आएका र सार्वजनिक कार्यक्रममा कम देखिने बालेन अब भने चुनावी तयारीका लागि प्रत्यक्ष जनसभामा सहभागी हुन लागेका हुन्।

    रास्वपा प्रवेश गरेको २३ दिनपछि बालेन आइतबार पहिलोपटक पार्टी कार्यालय पुगेका थिए। त्यसलगत्तै उनी धनुषा आएका हुन्। बालेन आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने तयारीमा छन्। मनोनयनका लागि उनी भोलि धनुषाबाट झापा जाने कार्यक्रम रहेको बालेननिकट नेताहरूले बताएका छन्।

    यसैबीच, बालेनले आइतबार नै काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका छन्। रास्वपाले जनकपुरधामबाट सुरु गरेको अभियानलाई आगामी चुनावका लागि निर्णायक मोडका रूपमा हेरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend