२०८३, आश्विन १९ गते

images
  • बिमा
  • ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ सामूहिक...

‘नेपाल लाइफ समृद्धि लगानी योजना’ सामूहिक लगानी कोषको बिक्रि खुल्ला

‘नेपाल लाइफ समृद्धि लगानी योजना’ सामूहिक लगानी कोषको बिक्रि खुल्ला

सोमवार, माघ ५ २०८२०१:१७
सोमवार, माघ ५ २०८२०१:१७
  • images

    काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कोष प्रवद्र्घक रहेको र नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको “नेपाल लाइफ समृद्धि लगानी योजना” नामक सामूहिक लगानी कोषले आफ्ना इकाईहरु सोमबारदेखि सर्वसाधारण तथा संस्थापक लगानीकर्ताका लागि बिक्रिमा ल्याएको छ । 

    नेपाल धितोपत्र बोर्डबाट मिति २०८२÷०९÷१३ गते प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई मध्ये बीज पूँजीबापत १५ प्रतिशत इकाई, जसमध्ये १४ (चौध) प्रतिशत अर्थात २ करोड २४ लाख इकाई कोष प्रवद्र्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा १ (एक) प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेडका लागि सुरक्षित गरी बाँकी रहेको छ । कुल १३ करोड ६० लाख इकाई सर्वसाधारणका लागि निष्काशनमा ल्याउन लागिएको हो । उक्त फण्डको न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । 

    नेपाल लाइफ म्युचुअल फण्ड अन्र्तगतको यो पहिलो बन्दमुखी योजना हो र यसको अवधि इकाई बाँडफाँड भएको मितिले १० वर्ष रहेको छ । फण्डको इकाईमा माघ ८ गतेसम्म आवेदन दिन सकिने छ । उक्त योजनाको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमती प्राप्त गरी आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएिस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निमार्ण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आश्वा प्रणली मार्फत पनि आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend