२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • काठमाडौं बिजनेस एक्स्पोको तयारी तीव्र, मौलिक...

काठमाडौं बिजनेस एक्स्पोको तयारी तीव्र, मौलिक वस्तु तथा सेवाको प्रवर्द्धनमा जोड

काठमाडौं बिजनेस एक्स्पोको तयारी तीव्र, मौलिक वस्तु तथा सेवाको प्रवर्द्धनमा जोड

सीएनएन खबर
सोमवार, माघ ५ २०८२०३:१०
सीएनएन खबर
सोमवार, माघ ५ २०८२०३:१०
  • images

    काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) ले आयोजना गर्न लागेको ‘काठमाडौं बिजनेस एक्स्पो, २०२६’ को तयारी तीव्र रूपमा अघि बढाइएको छ। यही माघ १४ देखि १७ गतेसम्म काठमाडौंको ऐतिहासिक स्थल भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक्स्पो आयोजना हुने भएको हो।

    संघका सूचना तथा प्रकाशन समिति सभापति उज्वल जंग शाहका अनुसार एक्स्पोलाई भव्य, व्यवस्थित र आकर्षक रूपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको छ। उनले काठमाडौं उपत्यकालाई नेपालको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा अझ सशक्त बनाउने उद्देश्यले मौलिक वस्तु तथा सेवाको उत्पादन र प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेर एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिए।

    शाहका अनुसार एक्स्पोमार्फत स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यवसाय र नवप्रवर्तनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ। साथै उद्यमशीलता, स्टार्टअप, घरेलु तथा साना उद्योगहरूलाई बजार, अवसर र दृश्यता प्रदान गर्नु पनि एक्स्पोको प्रमुख उद्देश्य रहेको छ।

    एक्स्पोमा करिब २०० अत्याधुनिक तथा व्यवस्थित व्यावसायिक स्टलहरूको सहभागिता रहनेछ। स्थानीय उत्पादन तथा सेवाको प्रदर्शनीसँगै रैथाने खानाको प्रतियोगिता, फुड फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला तथा संस्कृतिका विविध प्रस्तुति, विषयगत झाँकी, पर्यटन प्रवर्द्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविरलगायत आकर्षक तथा उपयोगी गतिविधिहरू समावेश गरिने आयोजकले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend