२०८३, आश्विन १९ गते

images

२२ लाख कित्ता शेयर बिक्री गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स

२२ लाख कित्ता शेयर बिक्री गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स

शुक्रवार, भाद्र २८ २०८१११:१८
शुक्रवार, भाद्र २८ २०८१११:१८
  • images

    काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब २२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २१ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा राखेको हो । 

    हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्र शेयर खरिदका लागि निवेदन दिन सक्नेछन् । यसका लागि ३५ दिनको समय दिइएको छ ।

    न्यूनतम मूल्य प्रतिकित्ता २०३ रुपैयाँमा तोकिएको उक्त शेयर लगानीकर्ताले २ लाख कित्ता वा सोभन्दा बढि खरिद गर्न सक्ने सूचनामा उल्लेख छ । 

    इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend