२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • कांग्रेसको विशेष महाधिवेनबाट निर्वाचित पदाधिकारी आज...

कांग्रेसको विशेष महाधिवेनबाट निर्वाचित पदाधिकारी आज पहिलो पटक पार्टी कार्यालय जाँदै

कांग्रेसको विशेष महाधिवेनबाट निर्वाचित पदाधिकारी आज पहिलो पटक पार्टी कार्यालय जाँदै

शुक्रवार, माघ ९ २०८२०८:०७
शुक्रवार, माघ ९ २०८२०८:०७
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा चुनिएका गगन थापा नेतृत्वको कार्यसमिति आज पार्टी कार्यालय सानेपामा जाने भएको छ । 

    सभापति थापा पक्षीय नेता मनोजमणि आचार्यले आज दिउँसो १ बजे पद बहालीका लागि सभापति थापा, पदाधिकारी र केन्द्रीय सदस्यहरू पार्टी कार्यालय सानेपा जाने जानकारी दिए । 

    विशेष महाधिवेशनबाट थापा सभापति, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति, गुरुराज घिमिरे र प्रदीप पौडेल महामन्त्री, डा। डिला सङ्ग्रौला पन्त, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, उदय शमशेर राणा, कर्णबहादुर बुढा, बहादुर सिंह लामा र मुक्ता यादव सहमहामन्त्री चुनिएका थिए । विशेष महाधिवेशनले १३५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चुनेको थियो । 

    २०७८ सालमा भएको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थापा र शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनलाई शेरबहादुर देउवा नेतृत्वको समूह र डा शेखर कोइराला नेतृत्वको समूहले अस्वीकार गरेको थियो । 

    विशेष महाधिवेशनलाई अस्वीकार गर्दै दुवै समूह निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म पुगेका थिए । निर्वाचन आयोगले थापा नेतृत्वको समितिलाई आधिकारिकता दिइसकेको छ । 

    सर्वोच्च अदालतले पनि देउवा र डा कोइराला समूहले दायर गरेको रिटमा अन्तरिम आदेश नदिएपछि विशेष महाधिवेशनबाट च

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend