काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ९ वटा निर्णय गरेको पाइएको छ । शुक्रबार सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारका निर्णय सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेको निर्णयअनुसार उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्ग (अटोमेटिक रुट) बाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउने स्वीकृति दिएको छ ।
यस्तै, सिद्धार्थ राजमार्ग (बुटबल पोखरा खण्ड) सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
यस्ता छन् अन्य निर्णय:

