काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाहीमा मनोनयन दर्ता गरेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पहिलोपटक जिल्ला जान लागेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका थापा उम्मेदवारी दर्तापछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र जान लागेका हुन् । उनले वारेसमार्फत आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।
थापाको सचिवालयले दिएको जानकारी अनुसार उनी आज बिहान साढे १० बजेको उडानमार्फत् सिमरा अवतरण गर्ने र त्यहाँबाट सडकमार्ग हुँदै सर्लाही पुग्ने कार्यक्रम छ । सभापतिमा निर्वाचित भएपछि थापाको यो पहिलो मधेश भरमण हो ।
आफ्नो निर्वाचन क्षेत्रमा पुगेर थापाले आजै बागमती पुल र कर्मैयामा स्थानीय नेता तथा कार्यकर्ताहरूसँग राजनीतिक भेटघाट एवं चुनावी छलफल गर्ने तय भएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही–४ बाट उम्मेदवारी दिएका छन् ।

