काठमाडौँ । सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार आचार्यले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।
बैंकको सञ्चालक समितिको कार्तिक २४ मा बसेको बैठकको निर्णयअनुसार आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो।
बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव सँगालेका आचार्य विगत २१ वर्षदेखि सानिमा बैंकसँग आबद्ध रहँदै विशिष्ट योगदान पुर्याउँदै आएका छन्। पदभार ग्रहण गर्नुअघि उनी सानिमा बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए।
आफ्नो लामो सेवाकालका दौरान उनले बैंकका दशभन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गर्दै व्यवस्थापन, रणनीति र सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

