काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको हो ।
महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ७३ हजार ३ सय २० रुपैयाँ तोकिएको छ । आज कायम सुनको मूल्य हालसम्म कै उच्च हो ।
आज चाँदीको मूल्य पनि तोलामा ४३० रुपैयाँले बढेर प्रतितोला ७ हजार ३ सय रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको मूल्य ६ हजार २ सय ५८ रुपैयाँ ५० पैसा तोकिएको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।

