२०८३, आश्विन २० गते

images

प्रभु बैंकको नाफा १ अर्ब १ करोड

प्रभु बैंकको नाफा १ अर्ब १ करोड

बुधवार, माघ १४ २०८२१२:५९
बुधवार, माघ १४ २०८२१२:५९
  • images

    काठमाडौं । प्रभु बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा २४.०७ प्रतिशत घटेर १ अर्ब १ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    छ महिनाको अवधिमा बैंकको खुद ब्याज आम्दानी २.३८ प्रतिशत बढेर ४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन नाफा भने घटेर १ अर्ब ९६ करोड रुपैयाँमा झरेको छ।

    समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ३ खर्ब ४० अर्ब रुपैयाँ र कर्जा लगानी २ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७०.९१ प्रतिशत रहेको छ।

    बैंकको आधार दर ५.३६ प्रतिशत कायम रहँदा प्रतिसेयर आम्दानी ८.६२ रुपैयाँमा झरेको छ। पुस मसान्तसम्म बैंकको खराब कर्जा ७.९४ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५.०६ प्रतिशत थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend