काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर भएको छ । असार ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हेरफेर गरेको हो ।
जसअनुसार स्वतन्त्र सञ्चालकको रुपमा नैना नेपाल ढकाल तथा कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी संजूप्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त भएका हुन् ।
कम्पनीका अनुसार कम्पनी सचिवमा अशोक सुवेदी, स्वतन्त्र सञ्चालकमा महेशप्रसाद काफ्ले, अध्यक्षमा दीपक पाण्डे, सञ्चालकमा सञ्जुप्रसाद जैसवाल, निवर्तमान सञ्चालकमा माधवप्रसाद उपाध्याय, स्वतन्त्र सञ्चालकमा नैना नेपाल ढकाल, सञ्चालकमा अनिल रेग्मी र प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् ।

