२०८३, आश्विन १९ गते

images

हिमालयन बैंकको नाफा १ अर्ब २९ करोड, खराब कर्जा ८ प्रतिशत पुग्यो

हिमालयन बैंकको नाफा १ अर्ब २९ करोड, खराब कर्जा ८ प्रतिशत पुग्यो

बिहिवार, माघ १५ २०८२०८:१८
बिहिवार, माघ १५ २०८२०८:१८
  • images

    काठमाडौँ । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा प्रभावित भएको देखिएको हो ।

    चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा कम्पनीको मुनाफा करिब १५ प्रतिशतले घटेर १ अर्ब २९ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ रहेको थियो ।

    यता, बैंकको खुद ब्याज आम्दानी समेत १०.१८ प्रतिशतले घटेर ४ अर्ब ७० करोड २३ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ५ अर्ब २३ करोड ५६ लाख रुपैयाँ रहेको थियो ।

    ६ महिनाको अवधिमा बैंकको सञ्चालन नाफा समेत ३ अर्ब १२ करोड ३३ लाख रुपैयाँबाट घटेर १ अर्ब ८५ करोड ३७ लाख रुपैयाँमा समिति भएको छ ।

    समिक्षा अवधिमा बैंकको चुक्तापूँजी २२ अर्ब ५८ करोड, वितरणयोग्य मुनाफा ९ अर्ब ७ करोड ३० लाख रुपैयाँ ऋणात्मक, खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.९६ प्रतिशत पुगेको छ । यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी ११.४५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७४.२३ रुपैयाँमा पुगेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend