२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकको नाफा ३०...

दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकको नाफा ३० अर्ब ५९ करोड, नबिलको सबैभन्दा धेरै हुँदा अरुले कति कमाए ?

दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकको नाफा ३० अर्ब ५९ करोड, नबिलको सबैभन्दा धेरै हुँदा अरुले कति कमाए ?

बिहिवार, माघ १५ २०८२१०:२६
बिहिवार, माघ १५ २०८२१०:२६
  • images

    काठमाडौँ । वाणिज्य बैंकको मुनाफा ३० अर्ब माथि उक्लिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अवधिमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकको नाफा ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ पुगेको हो ।

    वाणिज्य बैंकले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा बैंकको नाफा २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।

    सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले ६ महिनाको अवधिमा आफ्नो नाफा ४६.७१ प्रतिशतले बढाएर ४ अर्ब ७५ करोड रुपैयाँ पुराएको हो ।

    धेरै नाफा आर्जन गर्ने दोस्रो नम्बमा रहेको ग्लोबल आइएमई बैंकको ६.५० प्रतिशतले बढेर ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ३ अर्ब ५ करोड रहेको थियो ।

    यता, कुमारी बैंकको नाफा उछाल आएको छ । बैैंकको नाफा ८८६ प्रतिशतले बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष सो अवधिमा भने बैंकको नाफा २७ करोड ५७ लाख रुपैयाँमा सीमित रहेको थियो ।

    दोस्रो त्रैमाससम्मको अवधिमा क्रमशः एभरेष्ट बैेंकको नाफा २.०४ प्रतिशतले बढेर २ अर्ब ११ करोड, प्राइम बैंकको ९.२७ प्रतिशतले बढेर २ अर्ब ४ करोड, राष्ट्रिय वाणिज्य बैंकको १३२ प्रतिशतले बढेर १ अर्ब ७७ करोड, एनएमबि बैंकको १७ प्रतिशतले घटेर १ अर्ब ६४ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४३ प्रतिशतले घटेर १ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

    पुष मसान्तसम्मको अवधिमा सानिमा बैैंकको नाफा १६.६७ प्रतिशतले बढेर १ अर्ब ३९ करोड, स्टान्र्डड चार्टड बैंकको १५० प्रतिशतले बढेर १ अर्ब ३२ करोड, हिमालयन बैंकको १५ प्रतिशतले घटेर १ अर्ब २९ करोड, नेपाल एसबिआई बैंकको १४.५६ प्रतिशतले बढेर १ अर्ब ३ करोड, प्रभु बैंकको २४ प्रतिशतले घटेर १ अर्ब १ करोड र माछापुच्छ्रे बैंकको २५ प्रतिशतले बढेर १ अर्ब १ करोड रुपैयाँ पुगेको हो ।

    साथै, कृषि विकास बैंकको नाफा २६ प्रतिशतले घटेर ७० करोड ७४ लाख, सिटिजन बैंकको ४५ प्रतिशतले घटेर ३५ करोड ८८ लाख र एनआईसी एशिया बैंकको १३.५४ प्रतिशतले घटेर १३ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

    यता, लक्ष्मी सनराइज बैंकको नाफा भने ऋणात्मक रहेको छ । ६ महिनाको अवधिमा बैंकको नाफा २७ करोड ३६ लाख रुपैयाँ रहेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend