२०८३, आश्विन १९ गते

images

सानिमा बैंकको नाफा १ अर्ब १९ करोड बढी

सानिमा बैंकको नाफा १ अर्ब १९ करोड बढी

बिहिवार, माघ १५ २०८२१०:५६
बिहिवार, माघ १५ २०८२१०:५६
  • images

    काठमाडौँ । सानिमा बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १६.६७ प्रतिशतले नाफामा बृद्धि गरेको छ । बिहीबार सार्वजनिक तथ्यांक अनुसार बैंकले ६ महिनाको अबधिमा १ अर्ब ३९ करोढ १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । 

    गत आवको पुस मसान्तसम्म बैंकले १ अर्ब १९ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

    त्यसैगरी समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८७ करोड ४४ लाख रुपैयाँबाट १९.२६ प्रतिशतले बढेर ३ अर्ब ४२ करोड ८० लाख रुपैयाँ पुगेको छ भने खुद फी तथा कमिशन आम्दानी ५७ करोड ९६ लाख रुपैयाँबाट बढेर ६० करोड ५८ लाख रुपैयाँ पुगेको छ।

    त्यसैगरी समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४ अर्ब १ करोड ४७ लाख रुपैयाँबाट बढेर ४ अर्ब ६७ करोड ४८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ अर्ब ६४ करोड ९० लाख रुपैयाँबाट बढेर १ अर्ब ९५ करोड ९७ लाख रुपैयाँ पुगेको छ।

    नाफा र आम्दानीमा वृद्धि भएसँगै बैंकको प्रतिशेयर आम्दानी पनि १७.६१ रुपैयाँबाट बढेर २०.५४ रुपैयाँ पुगेको छ भने बैंकको खराब कर्जा (एनपीएल) ३.२२ प्रतिशतबाट बढेर ३।६३ प्रतिशत पुगको छ। बैंकको प्रतिशेयर नेटवर्थ १७२.३९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १६.४१ गुणा रहेको छ। यता बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७९ करोड ९६ लाख रुपैयाँबाट घटी १ अर्ब ६१ करोड रुपैयाँमा झरेको छ।

    चुक्ता पूँजी १३ अर्ब ५८ करोड रुपैयाँ रहको यस बैंकको जगेडा कोषमा १ अर्ब ६१ करोड रुपैयाँ र रिजर्भ कोषमा ८ अर्ब २२ करोड १६ लाख रुपैयाँ सञ्चित रहेको छ। यस बैंकले १ खर्ब ८३ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब ३१ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend