२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • सात पालिकालाई पछि पार्दै मर्स्याङ्दी बन्यो...

सात पालिकालाई पछि पार्दै मर्स्याङ्दी बन्यो स्वास्थ्य कार्यसम्पादनमा पहिलो पालिका

सात पालिकालाई पछि पार्दै मर्स्याङ्दी बन्यो स्वास्थ्य कार्यसम्पादनमा पहिलो पालिका

सीएनएन खबर
आइतवार, भाद्र ३० २०८११२:४६
सीएनएन खबर
आइतवार, भाद्र ३० २०८११२:४६
  • images

    काठमाडौँ । लमजुङका ८ स्थानीय तहमध्ये मस्र्याङदी गाउँपालिका स्वास्थ्य कार्यासम्पादनमा सबैभन्दा उत्कृष्ट पालिका बनेको छ । 

    स्वास्थ्य कार्यालय लमजुङले विभिन्न सूचकका आधारमा तयार पारेको कार्यसम्पादनमा सात वटा पालिकालाई पछि पार्दै मर्स्याङ्दी गाउँपालिका पहिलो बनेको हो ।

    स्वास्थ्य कार्यालयका अनुसार मर्स्याङ्दीले ७९ दशमलव ७ अंक प्राप्त गरेको छ । गत वर्ष सर्वोत्कृष्ट मध्यनेपाल नगरपालिका यसपटक भने दोस्रो हुँदै ७९ दशमलव १ अंक प्राप्त गरेको छ । सुन्दरबजार नगरपालिकाले ७४ दशमलव ०१ अंकका साथ तेस्रो स्थानमा छ ।

    उत्कृष्ट पालिकाहरुलाई शुक्रबार बेंसीशहरमा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य कार्यालयले सम्मान गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा पालिकाहरुलाई स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविनकुमार खनाल, जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङ, क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराका महानिर्देशक खिमबहादुर खड्कालगायतले सम्मानपत्र प्रदान गरे ।

    उक्त कार्यक्रममा सबै पालिकाले गत आर्थिक वर्षमा गरेका स्वास्थ्य सम्बन्धी कार्यबारे पोष्टर सार्वजनिक गरेका थिए । पोष्टर निर्माण तथा सार्वजनिकीकरणमा क्व्होलासोथार गाउँपालिका पहिलो भएको छ ।

    दोर्दी गाउँपालिका दोस्रो र सुन्दरवजार नगरपालिका तेस्रो भएका छन् । पोष्टर निर्माणमा उत्कृष्ट ठहरिएका पालिकाहरुलाई पनि स्वास्थ्य कार्यालयले सम्मान गरेको छ । कार्यक्रममा सवै स्थानीय तहका प्रमुख–अध्यक्षलगायतको उपस्थित थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend