२०८३, आश्विन १९ गते

images
  • बिमा
  • नेशनल लाईफले दियो पोखरामा अभिकर्ताहरुलाइ १...

नेशनल लाईफले दियो पोखरामा अभिकर्ताहरुलाइ १ दिने तालिम

नेशनल लाईफले दियो पोखरामा अभिकर्ताहरुलाइ १ दिने तालिम

आइतवार, माघ १८ २०८२११:१४
आइतवार, माघ १८ २०८२११:१४
  • images

    काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाइ १ दिने तालिम प्रदान गरेको छ । 

    कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यबसाय गरि छनौट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालयहरु र लुम्बिनी तथा बागमती प्रदेशका केही शाखा कार्यलयहरुमा आबद्ध रही कार्य गर्ने  १८५ जना अभिकर्ताहरुलाई पोखरा स्थित होटल मेजेष्टिक लेक फ्रन्टमा बीमा क्षेत्रका चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गरेका हुन्।

    प्रशिक्षणको क्रममा वहाँले एमडीआरटी, सिओटी र टिओटीको  लक्ष्य प्राप्त गर्नका लागि विभिन्न उपायहरु अबलम्बन गरि फरक तरिकाले बजारमा प्रस्तुत हुने कलाको बारेमा प्रशिक्षण दिएका थिए । 

    कार्यक्रममा कम्पनीका उप–प्रमुख कार्यकरी अधिकृत स्मृती राज कंडेलज्युले यस प्रकारको तालिमबाट अभिकर्ताहरुको मनोबल वृद्धि भै आफ्नो व्यावसायिक लक्ष्य हासिल गर्न मद्दत पुग्ने भएको हुँदा कम्पनीले अभिकर्ताहरुलाइ उत्कृष्ट तालिम दिने गरि प्रेरणा, प्रगती र पेशागत उत्कृष्टता भन्ने नारा सहित मासिक योजना मन्थन जारी गरिएको र यो योजनामा देशैभरबाट  ७०० भन्दा बढी छनौट भएका सबै अभिकर्ताहरुलाई पायक पर्ने बिभिन्न स्थानहरुमा  कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो साथै वहाँले शाखा स्तरिय प्रथम द्वितीय र तृतिय हुन सफल अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

    कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशिल प्रताप राणाले अभिकर्ताहरुलाई आजको तालिमबाट सिकेको ज्ञानलाई ब्यबहारमा उतारी प्रतिस्पर्धात्मक बजारमा आफुलाई अब्बल साबित गरेर देखाउनु हुनेछ भन्ने आपेक्षा रहेको बताउनु भयो । पोलिसी सर्भिसिङ बिभाग प्रमुख सुस्मिता राणाले धन्यबाद व्यक्त गरे । 

    कार्यक्रममा सहभागी अभिकर्ताहरुले यस प्रकारको उत्कृष्ट तालिमबाट आफुहरुको मनोबल उच्च भएको हुँदा आगामी दिनहरुमा बिमा ब्यबसायमा अझ प्रगती गर्ने प्रेरणा मिलेको र सम्मान प्राप्त गर्दा आफ्नो मेहनतको कदर भएको बताएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend