२०८३, आश्विन १९ गते

images

झन्–झन् नयाँ कीर्तिमान बनाउँदै सुनको मूल्य

झन्–झन् नयाँ कीर्तिमान बनाउँदै सुनको मूल्य

आइतवार, भाद्र ३० २०८१०१:०५
आइतवार, भाद्र ३० २०८१०१:०५
  • images

    काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु. पाँच सयले वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला रु. एक लाख ५६ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ५६ हजार आठ सय निर्धारण भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

    यस्तै, चाँदीको मूल्य तोलामा रु. ४० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु. एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु. एक हजार नौ सय निर्धारण भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend