२०८३, आश्विन २० गते

images

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त, शेरचनको राजीनामा स्वीकृत

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त, शेरचनको राजीनामा स्वीकृत

मंगलवार, माघ २० २०८२१०:५९
मंगलवार, माघ २० २०८२१०:५९
  • images

    काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकका माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ जिम्मेवारी दिने निर्णय गरेको हो ।

    आजकै दिनदेखि लागु हुने गरी शर्मालाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गरेको हो । यसअघि माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत गरेको थियो ।

    नवनियुक्त सीईओ शर्मा यसअघि सनराइज बैंकमा सीईओ रहेका थिए । यस्तै उनले ग्लोबल आइएमई बैंकमा डिसिईओ र माछापुच्छ्रे बैंकमा सीईओ भएर काम गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend