२०८३, आश्विन १९ गते

images
  • बिमा
  • सगरमाथा लुम्बिनी इन्सुरेन्सले उदयपुरमा दियो कृषि...

सगरमाथा लुम्बिनी इन्सुरेन्सले उदयपुरमा दियो कृषि पशुपंक्षी तथा जडीबुटी बीमा तालिम

सगरमाथा लुम्बिनी इन्सुरेन्सले उदयपुरमा दियो कृषि पशुपंक्षी तथा जडीबुटी बीमा तालिम

सीएनएन खबर
मंगलवार, माघ २० २०८२०२:४४
सीएनएन खबर
मंगलवार, माघ २० २०८२०२:४४
  • images

    काठमाडौँ । सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा उदयपुर जिल्लाको त्रियुगा नगरपालिमा सञ्चालित ३ दिने कृषि पशुपंक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । माघ १३ गतेदेखि सञ्चालित उक्त तालिम १५ गतेसम्म सञ्चालन गरिएको थियो । 

    सगरमाथा लुम्बिनी इन्सुरेन्स कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम कृषि तथा पशुपंक्षी विभाग प्रमुख उमेश ढकालले सहजीकरण गरेका थिए ।

    2.jpegकार्यक्रममा इन्सुरेन्स कम्पनीका प्रतिनिधि साथै विभिन्न जिल्लाहरूबाट सहभागीको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा १५ जना सहभागीहरूले सहभागिता जनाई सफलतापूर्वक प्रमाणपत्र प्राप्त गरेका थिए । 

    कार्यक्रम सञ्चालक उदयपुर गाईघाट शाखा कार्यालयका प्रमुख धनबहादुर कटुवालले गरेका थिए । अभिकर्ता तालिम प्राप्त गरिसके पश्चात अभिकर्ताहरू कृषकहरूकोमा गई कृषकहरूको अधिकतम मात्रामा सुरक्षण प्रदान गर्ने र कृषि बीमाको दायरा बढ्ने विश्वास कम्पनीले राखेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend