२०८३, आश्विन २० गते

images

साताको पहिलो कारोबार दिन नै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन नै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, माघ २५ २०८२१०:४०
आइतवार, माघ २५ २०८२१०:४०
  • images

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ५ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा २ लाख ९१ हजार रुपैयाँ कायम भएको थियो ।

    यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ४ हजार ७१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ५ हजार १० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ६३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend