काठमाडौँ । आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै छ ।
मुम्बईको वानखेडे स्टेडियममा वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ रोजेको हो ।
नेपाल यसअघि आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन र दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो ।

