दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध लगातार विकेट पतन भएपछि भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोली दबाबमा आएको छ।
मुम्बईको वानखेडे स्टेडियममा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले पावर प्लेमा ३ र लगत्तै अर्को विकेट गुमाएको छ। सातौँ विकेटको तेस्रो बलमा आरिफ शेख पनि ८ बलमा २ रन बनाएर आउट भए।
क्रिजमा दीपेन्द्र सिंह ऐरीलाई साथ दिन अहिले गुलशन आएका छन्।
ओपनर कुशल भुर्तेल ३ बलमा १ रन बनाउँदा अकिल हुसेनको बलमा बोल्ड आउट भए। आशिफ शेख १० बलमा २ चौका सहयोगमा ११ रन बनाउँदा जेसन होल्डरको बलमा क्कयाच आउट भए। कप्तान रोहित पौडेल ७ बलमा १ चौका सहयोगमा ५ रन बनाउँदा म्याथु फोर्डको बलमा एलबीडब्लु धरापमा परे।
लोकेश बम १३ रन बनाइ क्कयाच आउट भए ।
आठ ओभर सकिँदा नेपाल ५ विकेट क्षतिमा ४६ रनमा खेलिरहेको छ।

