२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • आईसीसी टी–२० विश्वकपमा आज सुपर–८ का...

आईसीसी टी–२० विश्वकपमा आज सुपर–८ का दुई खेल हुँदै

आईसीसी टी–२० विश्वकपमा आज सुपर–८ का दुई खेल हुँदै

सीएनएन खबर
आइतवार, फाल्गुण १० २०८२०७:३७
सीएनएन खबर
आइतवार, फाल्गुण १० २०८२०७:३७
  • images

    काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज सुपर–८ का दुई खेल हुँदैछ ।

    आइतबार हुने पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड भिड्दैछन् । इंग्ल्यान्ड समूह ‘सी’बाट तीन जित र एक हारको सामना गर्दै सुपर आठ पुगेको हो भने श्रीलंका समूह ‘बी’बाट तीन जित र एक हारसहित सुपर आठमा पुगेको हो ।

    दुवै टिम समूह उपविजेता हुन् । यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुँदैछ ।

    विश्वकपमा शनिबारबाट सुपर–८ का खेल सुरु भएका हुन् । पहिलो खेल वर्षाले अवरुद्ध हुँदा न्युजिल्याण्ड र पाकिस्तानले अंक बाँडेका छन् ।

    २० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन् ।

    सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह दुईमा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

    दोस्रो खेलमा आइतबार साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । भारतमा हुने यो भिडन्त साँझ ७ बजेर १५ मिनेटमा सुरु हुँदैछ ।

    भारत समूह ‘ए’को विजेता हो भने दक्षिण अफ्रिका समूह ‘डी’को विजेता हो । यो विश्वकपको समूह चरणमा दुवै टिम अपराजित छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend