२०८३, आश्विन १९ गते

images

बैंक वित्तीय संस्थामा अधिक तरलता, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक

बैंक वित्तीय संस्थामा अधिक तरलता, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक

बुधवार, फाल्गुण १३ २०८२१०:५८
बुधवार, फाल्गुण १३ २०८२१०:५८
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएको अधिक तरलता व्यवस्थापन गर्नको लागि निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले आज ८८ दिनका लागि ४० अर्ब निक्षेप संकलन गर्ने भएको हो ।

    निक्षेप संकलन उपकरण बोलकबोलमार्फत केन्द्रीय बैंकले निक्षेप उठाउन लागेको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाले आज ३ बजेसम्म अनलाइनमार्फत बोलपत्र पेस गर्न सक्नेछन् । निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १० गते हुनेछ ।

    बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागी बोलपत्र पेस गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ ।

    बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने उल्लेख छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend