२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • टी–२० विश्वकपको पहिलो सेमिफाइनल आज, दक्षिण...

टी–२० विश्वकपको पहिलो सेमिफाइनल आज, दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दै

टी–२० विश्वकपको पहिलो सेमिफाइनल आज, दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दै

बुधवार, फाल्गुण २० २०८२०७:४७
बुधवार, फाल्गुण २० २०८२०७:४७
  • images

    काठमाडौँ । टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेल आज दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच हुँदैछ । यो खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा साँझ ७ बजे सुरु हुनेछ भने टस साँझ ६ः३० बजे हुनेछ ।

    विश्वकप इतिहासमा यी दुई टोलीबीच यो छैटौंपटक भेट हुन लागेको हो । दक्षिण अफ्रिकाले यसअघिका पाँचै खेल जितेको छ । यद्यपि, सेमिफाइनलमा यी दुई टोली आमनेसामने भएको यो पहिलोपटक हो ।

    दुवै टोलीको सम्भावित प्लेइङ ११

    दक्षिण अफ्रिका

    एडेन मार्कराम (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), रायन रिकेल्टन, डेवाल्ड ब्रुइस, डेभिड मिलर, ट्रिस्टन स्टब्स, जर्ज लिन्डे, कोर्बिन बोश, एनरिक नोर्टजा, क्वेना मफाका र लुंगी एनगिडी

    न्युजिल्याण्ड

    मिचेल स्यान्टनर (कप्तान), टिम सेफर्ट (विकेटकिपर), फिन एलेन, रचिन रविन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, डेरिल मिचेल, कोल म्याकोन्ची, म्याट हेनरी, इश सोधी र लोकी फर्गुसन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend