२०८३, आश्विन १९ गते

images

सुर्खेतमा श्री एयरलाइन्सको जहाजको टायर पड्कीयो

सुर्खेतमा श्री एयरलाइन्सको जहाजको टायर पड्कीयो

बुधवार, फाल्गुण २० २०८२०७:४०
बुधवार, फाल्गुण २० २०८२०७:४०
  • images

    काठमाडौँ । बुधबार श्री एयरलाइन्सको जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ । सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्किएको थियो । 

    नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९ एन(एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो ।

    जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले जानकारी दिए । अहिले जहाज ग्राउन्डेड गरिएको छ । सुर्खेत–काठमाडौं उडान रद्द भएको छ । 

    टायर किन र कसरी पड्कियो भन्ने विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend