२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा आज भारत...

टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा आज भारत र इंग्ल्याण्ड भिड्दै

टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा आज भारत र इंग्ल्याण्ड भिड्दै

सीएनएन खबर
बिहिवार, फाल्गुण २१ २०८२०७:३२
सीएनएन खबर
बिहिवार, फाल्गुण २१ २०८२०७:३२
  • images

    काठमाडौँ । जारी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा आज भारत र इंग्ल्याण्डबीच खेल हुँदैछ । यो खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ ७ बजे सुरु हुनेछ ।

    सेमिफाइनलमा यी दुई टोलीबीच यो लगातार तेस्रो भेट हुनेछ । यसअघि २०२२ र २०२४ मा एकअर्कासँग आमनेसामने भएका थिए जसमा दुवै टोलीले एक–एक खेल जितेका थिए ।

    भारत र इंग्ल्याण्डबीच अहिलेसम्म २९ खेल खेलिएका छन् । जसमध्ये भारतले १७ खेल जितेको छ भने इंग्ल्याण्डले १२ खेल जितेको छ ।

    भारत र इंग्ल्याण्डले टी–२० विश्वकपमा अहिलेसम्म कुल पाँच खेल खेलेका छन् । यी खेलहरूमध्ये भारतले तीन जितेको छ भने इंग्ल्याण्डले दुई खेल जितेको छ ।

    यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै न्युजिल्याण्ड टी–२० विश्वकपको फाइनलमा पुगिसकेको छ ।

    फाइनल खेल ८ मार्चमा अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend