२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • विश्वकपको उपाधीका लागि न्युजिल्याण्ड र भारत...

विश्वकपको उपाधीका लागि न्युजिल्याण्ड र भारत भिड्दै

विश्वकपको उपाधीका लागि न्युजिल्याण्ड र भारत भिड्दै

सीएनएन खबर
आइतवार, फाल्गुण २४ २०८२०२:३७
सीएनएन खबर
आइतवार, फाल्गुण २४ २०८२०२:३७
  • images

    काठमाडौँ । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आइसिसी ट्वान्टी २० विश्वकपको फाइनल खेल आइतबार हुदैछ । आइतबार हुने फाइनल खेलमा साबिक विजेता भारत र दोस्रो पटक फाइनल पुगेको न्युजिल्याण्ड खेल्दैछन् । भारत र न्युजिल्याण्डबीचको खेल अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रंगशालामा बेलुका ७ः१५ बाट सुरु हुदैछ ।

    फाइनल प्रवेशका लागि अन्तिम चारमा न्युजिल्यान्डले दक्षिण अफ्रिकामाथि तथा भारतले पनि इङ्ल्यान्डविरुद्धको खेलमा कीर्तिमानी जित हासिल गरेका थिए । पहिलो सेमिफाइनलमा न्युजिल्याण्डले अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदा उसले दिएको १७० रनको लक्ष्य केबल १२ दशमलब ५ ओभरमा पूरा गरेको थियो ।

    दोस्रो सेमिफाइनलमा भारतले इङ्ल्याण्डमाथि ७ रनको रोमाञ्चक जित हात पारेको थियो । भारतले दिएको २५४ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड २४६ रनमा रोकिएको थियो । भारत समूह चरणमा अपराजित रहँदै सुपर ८ मा पुगेको थियो । सुपर ८ मा भने दक्षिण अफ्रिकासँग पराजित हुनु बाहेकका खेलमा भारतले निराशा देख्नुपरेन ।

    समूह चरणमा दक्षिण अफ्रिका तथा सुपर ८ मा इङ्ल्यान्डसँग पराजित भए पनि न्युजिल्यान्डले सेमिफाइनलमा त्यसको गज्जब जवाफ दियो । न्युजिल्यान्डका लागि यस विश्वकपमा सबभन्दा धेरै रन बनाउने खेलाडी ओपनर फिन एलेन हुन् । उनले ८ खेल खेल्दै २८९ रन बनाएका छन् । दोस्रोमा टिम साइफर्ट, तेस्रोमा ग्लेन फिलिप्स र चौथोमा रचिन रविन्द्र छन् । धेरै लिकेट लिनेमा चाँही ११ विकेटका साथ रचिन शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा म्याट हेनरी, तेस्रोमा लकी फर्गुसन तथा चौथोमा ग्लेन फिलिप्स छन् ।

    भारतका लागि उच्च रनकर्ता ८ खेलमा २६३ रनका बनाएका इशान किशन हुन् । कप्तान सूर्यकुमार यादव दोस्रो, सञ्जु स्यामसन तेस्रो तथा शिभम दुवे धेरै रन बनाउनेको चौथो स्थानमा छन् । बलिङतर्फ वरुण चक्रवर्तीले सबभन्दा धेरै १३ विकेट लिएका छन् । भारतीय टिममा त्यसपछि जसप्रित बुमराह, अर्शदिप सिंह र अक्षर पटेलको योगदान बलबाट बढि छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend