काठमाडौँ । मनाङको ङिस्याङ गाउँपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । पालिकाले आज एक सूचना जारी गर्दै तीन दिनसम्म आँखा शिविर सञ्चालन गर्ने जनाएको हो ।
पालिकाको आयोजना तथा सामुदायिक आँखा केन्द्र चामे मनाङको सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन हुन लागेको हो ।
सूचना अनुसार बुधबार बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म वडा नम्बर १, २ र ३ मा, बिहीबार बिहान ९ बजेदेखि ४ बजेसम्म वडा नम्बर ४, ५ र ६ तथा ८ र शुक्रबार वडा नम्बर ७ र ९ मा निशुल्क आँखा शिविर आयोजना हुने भएको हो ।

