२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • भारतले पायो तेस्रो पटक टी–२० विश्वकपको...

भारतले पायो तेस्रो पटक टी–२० विश्वकपको उपाधि

भारतले पायो तेस्रो पटक टी–२० विश्वकपको उपाधि

सोमवार, फाल्गुण २५ २०८२०७:३१
सोमवार, फाल्गुण २५ २०८२०७:३१
  • images

    काठमाडौँ । आइसीसी टी–२० विश्वकपको उपाधि भारतले जितेको छ ।

    आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले विश्वकपको ट्रफी जित्न सफल भएको हो ।

    भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डका टिम सिफर्ट बाहेक अन्य ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । सिफर्टले २६ बलमा ५२ रन र कप्तान मिचेल सेन्टनरले ३५ बलमा ४३ रन बनाए ।

    भारतका जसप्रित बुमराहले ४ विकेट लिए । चार ओभरमा बलिङ गरेका उनले मात्रै १५ रन मात्र खर्चिए ।

    यस्तै, अक्षर पटेलले ३ विकेट लिँदा वरुण चक्रवर्ती, हार्दिक पाण्ड्या र अभिषेक शर्माले एकएक विकेट लिए ।

    योसँगै भारतले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । यसअघि २०२४ मा पनि भारतले विश्वकपको उपाधि जितेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend