२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • ‘राजनीतिक अपराधिकरण र अपराधको राजनीतिकरण बढ्न...

‘राजनीतिक अपराधिकरण र अपराधको राजनीतिकरण बढ्न थाल्यो’

‘राजनीतिक अपराधिकरण र अपराधको राजनीतिकरण बढ्न थाल्यो’

शुक्रवार, आश्विन ४ २०८१०२:५७
शुक्रवार, आश्विन ४ २०८१०२:५७
  • images

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अहिले राजनीतिक अपराधिकरण र फोहोरी खेल बढेर गएको बताएका छन्।

    संविधान दिवसको उपलक्ष्यमा आयोजित सांस्कृतिक पुरस्कार २०८१ कार्यक्रममा बोल्दै उनले राजनीति आफैंमा फोहोरी खेल नभएको तर राजनीतिलाई गलत रुपमा प्रयोग गर्ने गरिएको बताए। उनले राजनीतिमा अपराधिक क्रियाकलापको अन्त्य हुनुपर्नेमा पनि जोड दिएका थिए।

    उनले भने, ‘राजनीति चाँही अहिले फोहोरी हुँदै गएको छ। पहिला पनि राजनीति भनेको चाहीं फोहोर खेल हो भनेर शिक्षकहरुले विद्यार्थीहरुलाई सिकाइरहेको पाइन्थ्यो। त्यो गलत कुरा थियो, राजनीति फोहोरी खेल होइन। तर राजनीतिमा जुन किसिमको अपराधिक क्रियाकलाप र अपराध राजनीतिकरण भइरहेको छ त्यो अन्त्य हुनुपर्छ।’

    उनले संविधानको आयु लामो बनाउने हो भने परिवर्तनको र संशोधनका गुञ्जायस खोज्नुपर्ने धारणा राखे। अहिलेसम्म धेरैपटक संशोधन गरेकैले संविधानहरु जीवित रहेको बताउँदै समयअनुकुल परिवर्तन गरे मात्र संविधानलाई जीवित राख्न सकिने बताए। धेरै पटक संशोधन गरेको संविधानहरु नै जीवित रहेको उनको भनाइ छ।

    उनले आज देशका समस्या कहाँ छ भनेर पहिचान गर्न आवश्यक रहेको भएतापनि समस्याको पहिचानमा नै अन्यौलता रहेको बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend