२०८३, आश्विन १९ गते

images

आजदेखि आधा सिलिण्डर मात्रै खाना पकाउने ग्यास पाइने, कति पर्छ मूल्य ?

आजदेखि आधा सिलिण्डर मात्रै खाना पकाउने ग्यास पाइने, कति पर्छ मूल्य ?

शुक्रवार, फाल्गुण २९ २०८२१०:५४
शुक्रवार, फाल्गुण २९ २०८२१०:५४
  • images

    काठमाडौँ । आजदेखि बजारमा आधा सिलिन्डरमात्र ग्यास पाइने भएको छ । नेपाल आयल निगमले आजदेखि ग्यास सिलिन्डरमा ७।१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।

    मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थमा विश्वव्यापी आपूर्ति अवरोध देखाउँदै पछिल्लो समय ग्यास अभाव हुन थालेको थियो । निगमले माग अनुरूप नै नियमित रूपमा ग्यास आपूर्ति गरिरहेको भए पनि माग उच्च देखिएको बताउँदै शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७।१ किलो एलपी ग्यास भरी वितरण गर्ने निर्णय गरेको हो ।

    आम उपभोक्ता वर्गले सोहीअनुसार एलपी ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ ।

    निगमले नियमित रूपमा माग अनुरूप नै एलपी ग्यासको आयात तथा वितरण गरिरहेको भए पनि विगत दुईरतीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्च देखिएको र यसैबीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको प्रष्ट पारेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend