२०८३, आश्विन २० गते

images

सामान्य बढ्यो नेप्से परिसूचक, यी हुन सबैभन्दा बढी कमाउने कम्पनी

सामान्य बढ्यो नेप्से परिसूचक, यी हुन सबैभन्दा बढी कमाउने कम्पनी

सीएनएन खबर
आइतवार, चैत्र १ २०८२०३:२३
सीएनएन खबर
आइतवार, चैत्र १ २०८२०३:२३
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ४.४५ अंकले बढेर परिसूचक २८२४.९० बिन्दु कायम भएको छ ।

    ३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता सेयर १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार ३१५ रुपैयाँको कारोबार भएको छ ।

    कारोबारमा १२४ कम्पनीको मूल्य बढेको छ भने १३० कम्पनीको मूल्य घटेको छ । कारोबारमा जीवन बीमा, लगानी होटल समूहको उपसूचक घटेको छ भने बाँकी समूहको उपसूचक बढेको छ ।

    कारोबारमा सोलु हाइड्रो, सालपा विकास बैंक, होटल फरेष्ट इन, ग्रिनलाइफ, अभियान लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने दरमखोला हाडड्रो, खानीखोला हाइड्रो, थ्रीस्टार हाइड्रोका लगानीकर्ताले गुमाएका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend