२०८३, आश्विन १९ गते

images
  • समाचार
  • निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, कुनमा...

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति बढ्यो ?

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति बढ्यो ?

सीएनएन खबर
सोमवार, चैत्र २ २०८२०७:२२
सीएनएन खबर
सोमवार, चैत्र २ २०८२०७:२२
  • images

    काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ। पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको छ।  

    यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१६ रुपैयाँले बढेर २ हजार १२६ रुपैयाँ पुगेको छ। वृद्धि भएको मूल्य आज आइतबार राति १२ बजेदेखि लागू हुनेछ।

    मूल्य समायोजनपछि अब तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ।

    दोस्रो वर्गअन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१ र डिजेल तथा मट्टितेलको मूल्य १५१ रुपैयाँ पुगेको छ।

    पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारि, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको छ।

    पश्चिम एसियामा उत्पन्न तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य आकस्मिक रूपमा बढेको तथा इन्डियन आयल कर्पोरेशनबाट समेत मूल्य बढेर आएकाले नेपालमा पनि मूल्य बढ्न गएको निगमले जनाएको छ। निगमका अनुसार मूल्य समायोजनपछि समेत निगमलाई ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने देखिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend