२०८३, आश्विन १९ गते

images

श्री सुविधा मनी चेन्जरको लाइसेन्स रद्द

श्री सुविधा मनी चेन्जरको लाइसेन्स रद्द

सोमवार, चैत्र २ २०८२०१:१५
सोमवार, चैत्र २ २०८२०१:१५
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले श्री सुविधा मनी चेन्जर प्रालिको इजाजतपत्र रद्द गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ स्थित उक्त मनी चेन्जरले तोकिएको समयमा नवीकरण नगरेकाले लाइसेन्स रद्दको निर्णय गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

    राष्ट्र बैंकको विराटनगर कार्यालयले सूचना प्रकाशन गर्दै यही चैत १ गतेदेखि श्री सुविधाको इजाजतपत्र रद्द गरिएको जनाएको छ ।

    “मनी चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम ९३० मा भएको व्यवस्थाबमोजिम समयसीमामा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय गरेको हो,” राष्ट्र बैंकले भनेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend