२०८३, आश्विन २० गते

images

नेप्सेमा २६ अंकको पहिरो, कति भयो कारोबार ?

नेप्सेमा २६ अंकको पहिरो, कति भयो कारोबार ?

सोमवार, चैत्र २ २०८२०३:३४
सोमवार, चैत्र २ २०८२०३:३४
  • images

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा भारी गिरावट आएको छ। आइतबार झिनो अंकले बढेको शेयर  बजार सोमबार  गिरावट आएको हो ।

    सोमबार २६ अंकले गिरावट हुँदै नेप्से परिसूचक २७९८.८३ विन्दुमा कामय भएको छ। सोमबार कारोबार रकममा समेत भारी गिरावट आएको छ। आइतबार १४ अर्ब ३३ करोडको शेयर किनबेच हुँदा आज झण्डै १२ अर्ब बराबरको शेयर किनबेच भएको हो।

    आज साल्पा विकास बैंक, रिलाइन्स स्पिलिङ्स मिल्स, अप्पर हेवाखोला, सोलु हाइड्रोपावर र होटल फरेस्ट इन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसको विपरीत आज सबैभन्दा बढी गुमाउनेमा नारायणी विकास बैंक रहेको छ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा बढी आँखुखोला जलविद्युत कम्पनी लिमिटेड रहको छ। यो कम्पनीको शेयर ६९ करोड मूल्य बराबरको किनबेच भएको छ।

    यस्तै, आज ४८ कम्पनीको मूल्य बढ्दा २११ कम्पनीको मूल्य घटेको छ। यसैगरी ४ कम्पनीको मूल्यमा स्थिर भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend