२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • ६० रोपनी ८ आना क्षेत्रफलमा बन्यो...

६० रोपनी ८ आना क्षेत्रफलमा बन्यो फलेवास नगरपालिकाको प्रशासनिक भवन, कति पर्‍यो लागत ?

६० रोपनी ८ आना क्षेत्रफलमा बन्यो फलेवास नगरपालिकाको प्रशासनिक भवन, कति पर्‍यो लागत ?

बुधवार, चैत्र ४ २०८२१०:३५
बुधवार, चैत्र ४ २०८२१०:३५
  • images

    काठमाडौँ । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित नौ करोड २ लाखमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ । 

    नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास–५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको ६० रोपनी आठ आना जग्गामा चारतले भवन निर्माण भएको हो । 

    रङरोगन, झ्याल–ढोका जडान र साजसज्जाको काम सकेर विद्युत् ‘वाइरिङ’ जारी रहेको नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिँदै यथाशीघ्र नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी भएको बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend