२०८३, आश्विन १९ गते

images
  • समाचार
  • निगम सुधारका नाममा अर्काे समितिः २४...

निगम सुधारका नाममा अर्काे समितिः २४ वर्षमा ९ समिति, सबैका सुझाव एकै

निगम सुधारका नाममा अर्काे समितिः २४ वर्षमा ९ समिति, सबैका सुझाव एकै

आइतवार, चैत्र ८ २०८२१०:३६
आइतवार, चैत्र ८ २०८२१०:३६
  • images

    काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगम सुधारका लागि भन्दै २०५८ सालयता ८ वटा छानबिन समिति गठन गरिसकेको छ । सरकारले ८ वटा छानबिन समितिले दिएको प्रतिवेदन दराजमा थन्काएर पुनः ९ औँ समिति गठन गरेको छ । 

    रास्वपाका नेता तथा गोरखाका माननिय सुदन गुरुङको निर्देशनमा ंसंस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले शुक्रबार ९ औँ समिति गठन गरेको हो । १ महिनाको समय दिएर बनाईएको उक्त समितिले निगमको टिकेटिङदेखि जहाज सञ्चालन, मर्मत–सम्भार, सेवा खरिद, कर्मचारीको खटनपटनलगायत विषयमा बथिति देखिएका कारण त्यसको छानबिन गर्नेछ ।

    मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले ५ सदस्यीय समिति गठन गरिएको भन्दै १ महिनाको समय दिईएको जानकारी दिए । 

    उनका अनुसार मन्त्रालयको नागरिक उड्डयन महाशाखा प्रमुख सहसचिव मुकेश डंगोल संयोजक रहेको पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ । समितिका सदस्यहरूमा उपसचिव (लेखा) रमेश पौडेल, कानुन अधिकृत आयाम शर्मा, एटिसी अधिकृत सुवर्णराज भट्टराई र उपसचिव गोकर्णप्रसाद उपाध्याय रहेका छन् । मन्त्रालयले शुक्रबार नेपाल वायुसेवा निगम सुधार कार्ययोजना कार्यदेश (टिओआर)सहित समिति गठनको पत्रसमेत संयोजकलाई पठाइसकेको छ । 

    मन्त्रालयको ५ चैतको सचिवस्तरको निर्णयानुसार निगमको बेथिति र जहाजमा भएको भ्रष्टाचारलगायतको विषयमा प्रमाण संकलन, अध्ययन एवं छानबिन गरी कार्यान्वयन कार्ययोजनासहितको प्रतिवेदन ३० (तीस) दिनभित्र पेस गर्न अध्ययन समिति गठन गरिएको पत्रमा उल्लेख छ ।

    ८ समितिका प्रतिबेदन दराजमा थन्किए

    निगम सुधारका लागि ०५८ यता नौवटा सुझाव समिति तथा कार्यदल गठन भइसकेका छन् । पछिल्लोपटक २६ चैत ०७९ मा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति गठन भएको थियो । समितिले ०८० मा प्रतिवेदन बुझाएको थियो । ती सबै प्रतिवेदन अनुसार अहिलेसम्म कुनै पनि काम भएका छैनन् । 

    यसअघि बुझाएका ८ वटै उच्चस्तरीय कार्यदलको निष्कर्ष नेपाल वायुसेवा निगमभित्रका समस्या समाधान सानोतिनो उपचारबाट सम्भव छैन भन्ने छ । वायुसेवा निगमले २२ माघ २०५८ मा नागरिक उड्डयन मन्त्रालयमा प्रस्तुत गरेको दामोदरप्रसाद गौतमको र अन्तिममा बनेको २६ चैत ०७९ मा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा बनेको समिति सबैले निगम सुधारका लागि २ विकल्प उचित हुने निष्कर्ष निकालेको थियो । 

    जसमा निगमलाई पब्किल कम्पनीमा रुपान्तरण गर्ने र रणनीतिक साझेदार भित्र्याउने । तर अहिलेसम्म समितिले दिएको सुझाव अनुसार थप काम भने भएको छैन ।

    यस्तो छ समितिको टिओआर 

    १)  निगम सुधारसम्बन्धी विगतका अध्ययन प्रतिवेदन र वर्तमान अवस्थाको यथार्थ अध्ययन गरी तत्कालीन, मध्यमकालीन र दीर्घकालीन रूपमा कार्यान्वयन गर्न सकिने सुझावको कार्ययोजना तयार गर्ने ।

    २) नेपाल वायुसेवा निगम वा मातहतका कार्यालय र विदेशमा कर्मचारी सरुवा, पदस्थापन, काज, कायममुकायम, निमित्तलगायतको जिम्मेवारी सेवा, समूह, उपसमूह अनुकूल हुने गरी तोकिएको वा नतोकिएको तथा करार वा ज्यालादारीमा नियुक्ति र समग्र कर्मचारी व्यवस्थापनको अवस्था छानबिन गरी सुझावसहित सिफारिस गर्ने ।

    ३) निगमको वायुयान प्रयोग गर्ने यात्रुको सुविधाका लागि अनलाइन टिकट बुकिङ सेवाको अवस्था अध्ययन गरी सुधार गर्न सिफारिस गर्ने ।

    ४) गन्तव्य क्षेत्रमा उडान गर्ने अन्य वायुसेवा र नेपाल वायुसेवाका यात्रुको संख्या तथा भाडादरसम्बन्धी पछिल्लो ३ महिनाको तथ्यांकको तुलनात्मक अध्ययन गरी सुधारका लागि सिफारिस गर्ने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend