२०८३, आश्विन १९ गते

images

बैंकिङ प्रणालीमा अधिक तरलता, थप ५० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता, थप ५० अर्ब खिच्दै राष्ट्र बैंक

आइतवार, चैत्र ८ २०८२१०:४४
आइतवार, चैत्र ८ २०८२१०:४४
  • images

    काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । 

    बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत १४ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

    यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । 

    यो निक्षेप संकलन उपकरणको आउँदो २०८२ चैत २२ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend