२०८३, आश्विन २० गते

images

५४ अंकले बढ्यो नेप्से परिसूचक, ६ कम्पनीको शेयरमा सर्किट

५४ अंकले बढ्यो नेप्से परिसूचक, ६ कम्पनीको शेयरमा सर्किट

आइतवार, चैत्र ८ २०८२०३:२९
आइतवार, चैत्र ८ २०८२०३:२९
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ५४.५१ अंकले बढेर २ हजार ९३१.५५ विन्दुमा बन्द भएको हो।

    आज ६ करोड १४ लाख ७ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    आज १८३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७३ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ८ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

    कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त वित्तीय संस्था, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार कुमारी बैंकको भएको छ। बैंकको ८५ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend