२०८३, आश्विन १९ गते

images
  • समाचार
  • अब नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि...

अब नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि छुट्टाछुट्टै फारम भर्नु नपर्ने

अब नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि छुट्टाछुट्टै फारम भर्नु नपर्ने

आइतवार, चैत्र ८ २०८२०५:३८
आइतवार, चैत्र ८ २०८२०५:३८
  • images

    काठमाडौं । सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गर्दै सेवा प्रवाह सुरु गरेको छ।

    गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणका क्रममा आइतबार उक्त जानकारी दिएका हुन्। नयाँ व्यवस्थासँगै अब सेवाग्राहीले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने बाध्यता हटेको छ।

    यसअघि राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सेवाग्राहीले विवरण दर्ता फारम भर्नुका साथै बायोमेट्रिक विवरण दिनका लागि तोकिएका केन्द्रमा उपस्थित हुनुपर्ने व्यवस्था थियो। अब भने सो प्रक्रिया सरल बनाइँदै समय र आर्थिक लागत दुवै बचत हुने भएको छ।

    मन्त्री अर्यालका अनुसार नागरिकलाई झन्झटरहित र नागरिकमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले दुई प्रणालीबीच अन्तरआबद्धता गरिएको हो।

    हाल केही स्थानबाट सेवा सुरु भइसकेको र विस्तारै देशभर विस्तार गरिने पनि उनले जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend