२०८३, आश्विन १९ गते

images

दार्मा गाउँपालिकाले ल्यायो ३९ करोढ ६० लाखको बजेट

दार्मा गाउँपालिकाले ल्यायो ३९ करोढ ६० लाखको बजेट

सीएनएन खबर
बुधवार, आषाढ १२ २०८१११:४२
सीएनएन खबर
बुधवार, आषाढ १२ २०८१११:४२
  • images

    काठमाडौँ । सल्यानको दार्मा गाउँपालिकाले ३९ लाख ६० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 

    गाउँसभाको पन्ध्रौं अधिवेशनको पहिलो र दोस्रो बैठकले असार ७ गते नीति तथा कार्यक्रम पारित गरेपछि आज असार १० गतेको तेस्रो बैठकमा ३९ करोड ६० लाख ६४ हजार ६३६ को बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक पेस गरी चौथो बैठकले सर्वसम्मत पारित गरेको हो । 

    जसमा चालू २८ करोड ६३ लाख ३७ हजार ९२१ र  पुँजीगत १० करोड ९७ लाख २६ हजार ७१५ गरि कुल जम्मा ३९ करोड ६० लाख ६४ हजार ६३६ रुपैयाँको बजेट ल्याइएको उपाध्यक्ष जुना मल्लले जानकारी दिनई । 

    पालिकामा उत्पादन वृद्धि गर्दै गाउमै रोजगारि सृजना गर्ने, कृषि क्षत्रको उत्पादन वजारिकरण गरि कृषकको आयस्तर सुधार गर्ने, प्रभावकारि सेवा प्रवाह मार्फत सुसासन र मितव्यिता कायम गर्ने लक्ष्य लिएको जनाईएको छ ।

    darma budget.jpg
    दार्मा गाउँपालिका

    कृषि विकास, पशु सेवा तथा सिंचाई, पर्यटन प्रवद्र्धन तथा कला संस्कृती संरक्षण,  खानेपानी, सरसफाइ, शिक्षा, युवा तथा खेलकुद विकास, स्वास्थ्य तथा आयुर्वेद सेवा, पूर्वाधार तथा यातायात, महामारी, विपद व्यवस्थापन तथा वन, वातावरणका क्षेत्रमा काम गर्नेगरी गाउँपालिकाले विभिन्न नीति तथा कार्यक्रम पारित गरेको छ । 

    गाउँपालिका अध्यक्ष निम बहादुर केसिले पेश गरेको नीति तथा कार्यक्रममा लैंगिक समानता, महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण, सहकारी तथा उद्यम विकास र गरिवी निवारण, श्रम तथा रोजगार, राजस्व प्रशासन तथा प्रवद्र्धन, गाउँ प्रहरी, सूचना प्रविधि, सुशासन तथा सेवा प्रवाह, आन्तरिक लेखा परिक्षण तथा जीन्सी व्यवस्थापन र कानुन, न्याय तथा मानव अधिकारको क्षेत्रलाई समावेश गर्दै विभिन्न योजना, क्रियाकलाप तथा अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend