काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) मा सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।
आइतबार नवनिर्वाचित उप्रेतीको अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्य समितिको बैठकले नाडाको विधान २०७१ (संशोधन सहित) दफा २०.७ बमोजिम मिति २०८२ पौष २५ गते काठमाण्डौमा सम्पन्न निर्वाचनबाट नाडाको केन्द्रीय कार्य समितिको सदस्य पदमा निर्वाचित सदस्यहरु मध्येबाट पदाधिकारीहरुको निर्वाचन कार्य सम्पन्नगरी नाडाको २९ सदस्यीय केन्दीय कार्य समितिको गठनलाई पूर्णता प्रदान गरेको हो ।
अध्यक्ष सुरेन्द्रकुमार उपे्रती, निवर्तमान अध्यक्ष करणकुमार चौधरी, संस्थागत उपाध्यक्ष भद्र भण्डारी, संस्थागत उपाध्यक्ष गणेशप्रसाद भट्टराई, उपाध्यक्ष विक्रम सिंहानिया, उपाध्यक्ष अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौड्याल, कोषाध्यक्ष पंंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठक रहेका छन्।
यस्तै संस्थागत सदस्यहरु मध्येबाट प्रदेश सदस्यमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा रहेका छन् ।
साधारण सदस्यहरु मध्येबाट अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी, विमल साह रहेका छन् ।
अध्यक्षबाट मनोनित ३ सदस्यमा दिपककुमार अग्रवाल, महेश पाल, र राजेशप्रसाद गिरी रहेका छन् ।

