काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ५.०१ अंकले बढेर २ हजार ९३६.५६ विन्दुमा बन्द भएको हो।
आज ३ करोड ८० लाख ७३ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ८ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार कुमारी बैंकको भएको छ। बैंकको ६७ करोड २३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

