काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले चितवन स्थित इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीलाई विभिन्न अत्यावश्यक सामाग्रीहरु सहयोग गरेको छ । बैंकले कार्यालयका लागि आवश्यक पर्ने स्टिल दराज, अफिस टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टर, वाटर प्युरिफायर, ए.सी., स्ट्यान्डर सिलिङरवाल फ्यान, ल्यापटप सहयोग स्वरुप प्रदान गरेको छ ।
उक्त सामाग्रीहरु बैंकका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत प्रबिण मुनि बज्राचार्यले जिल्ला प्रहरी परिसर चितवनका प्रहरी उपरीक्षक गोविन्द पूरीलाई एक कार्यक्रमका बीच औपचारिक रुपमा हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रहरी अधिकृतहरु तथा बैंकका कर्मचारीहरु समेतको सहभागिता रहेको थियो ।
यस सहयोगबाट जेन्जी आन्दोलनमा क्षती भएको इलाका प्रहरी कार्यालय, रत्ननगर, टाँडीको सेवा प्रवाह सहज हुने लक्ष्य बैंकले राखेको छ ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

