२०८३, आश्विन १९ गते

images

२५० जनालाई ठगी गरेर भारतमा लुकेका ‘तेल भिसा’का निर्माता शिवराज कार्की पक्राउ

२५० जनालाई ठगी गरेर भारतमा लुकेका ‘तेल भिसा’का निर्माता शिवराज कार्की पक्राउ

सीएनएन खबर
मंगलवार, चैत्र १० २०८२०४:४१
सीएनएन खबर
मंगलवार, चैत्र १० २०८२०४:४१
  • images

    काठमाडौं । चलचित्र ‘तेल भिसा’ का निर्माता शिवराज कार्की पक्राउ परेका छन्। विदेश पठाइदिने भन्दै सयौं व्यक्तिबाट रकम असुलेर ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो।

    कार्कीमाथि वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर ठूलो संख्यामा सर्वसाधारणलाई ठगी गरेको आरोप छ। अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्ट का अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका–७ घर भएका कार्कीविरुद्ध पासाङ नोर्बु तामाङसहितका पीडितले जाहेरी दिएका थिए।

    प्रहरीका अनुसार कार्कीविरुद्ध वैदेशिक रोजगार ठगीमा ६ वटा पक्राउ पुर्जी जारी भइसकेका छन्। पक्राउपछि उनलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहचल पठाइएको छ।

    अनुसन्धानका क्रममा उनले काठमाडौंको चाबहिलमा ‘पी एण्ड एम इनोभेशन सर्भिस’ नामक कन्सल्टेन्सी विगत करिब १० वर्षदेखि सञ्चालन गर्दै आएको खुलेको छ। सोही कन्सल्टेन्सीमार्फत उनले कम्तीमा २५० जनालाई ठगी गरेको आरोप छ। तीमध्ये १०० भन्दा बढी पीडित भने प्रहरीको सम्पर्कमा आइसकेका छन्। कार्की यसअघि पनि कानुनी झमेलामा परेका थिए। २५ असार २०८२ मा उनीविरुद्ध प्रहरी वृत्त लैनचौरबाट बैंकिङ कसुरको मुद्दा समेत चलेको थियो।

    प्रहरीका अनुसार पछिल्लो तीन महिनादेखि भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जमा लुकेर बस्दै आएका कार्कीलाई नियन्त्रणमा लिइएको हो। उनीबाट भारतीय आधार कार्ड र प्यान कार्ड समेत बरामद भएको छ। भारतमा रहँदा उनले ‘अन्नपूर्ण फास्टफुड’ सञ्चालन गरेर बस्दै आएको पनि खुलेको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend