२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • चन्द्रकोटको बजेट ५० करोडः स्थानीय उत्पादनको...

चन्द्रकोटको बजेट ५० करोडः स्थानीय उत्पादनको प्रवद्र्धनदेखि उज्यालो पालिका अभियानसम्म

चन्द्रकोटको बजेट ५० करोडः स्थानीय उत्पादनको प्रवद्र्धनदेखि उज्यालो पालिका अभियानसम्म

सीएनएन खबर
बुधवार, आषाढ १२ २०८१११:५४
सीएनएन खबर
बुधवार, आषाढ १२ २०८१११:५४
  • images

    काठमाडौँ । गुल्मीको चन्द्रकोट गाउँपालिकाले ५० करोड ३४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पालिकाको १५ औ गाउँसभाको पहिलो तथा दोश्रो बैठकले गत असार १० गते आर्थिक वर्ष २०८१/८२ का लागि उक्त बजेट सार्वजनिक गरेको हो । 

    जसमध्ये चालु खर्चतर्फ ३१ करोड ४१ लाख ७८ हजार (६२.४१ प्रतिशत) र पुँजीगततर्फ १८ करोड ९२ लाख ३१ हजार (३७.५९ प्रतिशत) बजेट प्रस्तुत गरिएको छ ।

    गाउँपालिकाले पर्यटन, कृषि, रोजगार, शिक्षा, स्वास्थ्य र स्थानीय उत्पादन प्रवर्द्धनमा जोड दिएको छ । आफ्नै उत्पादन खाऔं, चन्द्रकोटमै रमाऔं भन्ने नाराका साथ उत्पादनमा जोड दिने अनुदानका कार्यक्रम ल्याएको गाउँपालिकले जनाएको छ ।

    chandracoat.jpg
    चन्द्रकोट

    गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले पेश गरेको आर्थिक वर्ष २०८०/०८१ को लागि तय भएको आर्थिक विधेयक २०८१ पेश सँगै पारित भएको छ । बैठकमा विनियोजन विधेयक २०८१ एवम् आर्थिक वर्ष २०७९/०८० को यथार्थ, चालू आ.व. २०८०/०८१ को संशोधित अनुमान तथा आगामी आर्थिक बर्ष २०८१/०८२ को अनुमानित व्यय सहितको बार्षिक बजेट तथा कार्यक्रम पेश गरिएको थियो ।

    पालिकाका अध्यक्ष युवराज खत्रीले विकटलाई निकट बनाउने अभियान अन्र्तगत पूर्वाधारका कार्यक्रमहरु, उज्यालो पालिका बनाउने अभियानमा सडक बत्ती जडान गर्ने जस्ता कार्यक्रमहरु प्राथमिकतामा परेको बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend