काठमाडौँ । अर्थमन्त्री डा स्वर्णीम वाग्लेले अर्थमन्त्रीको पदभार ग्रहण गर्दै महत्वपूर्ण ३ वटा निर्णय गरेका छन् ।
उनले चैत ११, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने अर्धवार्षिक कार्ययोजना बनाउने, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धन विभाग लगायत १५ वटा ऐन खारेज गर्ने र निजी उद्यम–व्यवसाय सुरक्षा एवं प्रवद्र्धन र ठूला विकास आयोजना सहजीकरण लगायत नयाँ विद्येयक वा तिनको संशोधनको प्राथमिकीकररण तय गर्दै वृहत आर्थिक–कानूनी सुधारको मार्गचित्र बनाउने निर्णय गरेको अर्थमन्त्रालयले जनाएको छ ।
यसअघिको अर्थमन्त्री विष्णु पौडेलले १ करोड ६८ लाख भन्दा बढी रकम खर्च गरेर बनाउन लगाएको आर्थिक सुधार सुझाव आयोग २०८१ प्रतिवेदन खारेजीमा परेको छ । अर्थविद तथा जेनजी सरकारका अर्थमन्त्री डा रामेश्वर खनालको नेतृत्वमा उक्त प्रतिवेदन तयार पारिएको थियो ।

