काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ७१.०५ अंकले घटेर २ हजार ८७९.११ विन्दुमा बन्द भएको हो।
आज ३ करोड ५२ लाख ४८ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा १५ अर्ब ३ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ९ कम्पनीको शेयर मूल्य बढेको छ भने २५६ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। एउटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार रिडी पावर कम्पनीको भएको छ । कम्पनीको ७१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

